+
+

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १५:३१

२७ पुस, धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए ।

रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् ।

यस्तै  पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरू निर्विरोध चयन गरेको छ । सुदूरपश्‍चिम प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यक्षमा शिवकुमार बास्तोला, कर्णाली प्रदेश उपाध्‍यक्षमा महेन्द्र पुन,  कोशी प्रदेश उपाध्‍यक्षमा इन्द्र कुमारी लिम्बु र मधेश प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् ।

यस्तै ७ जना सह-महासचिवहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा रामलाल डंगौरा,  पदम अधिकारी, पवन कुमार साह, दिल कुमारी लावती, राजन गुरूङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ रहेका छन् ।

यस्तै सचिवमा तुलसी प्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमारी चौधरी र विजय कुमार बस्‍नेत निर्विरोध चयन भएका छन् ।

यस्तै पार्टीको सह-सचिवमा पनि पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहर, मणिराज भण्डारी, लालबहादुर रावत र डम्बरबहादुर लिम्‍बु निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा उम्मेदवारी दिएका ३ जनाबीच सहमतिकाे प्रयास जारी छ । निर्वाचन समितिले २५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएकाे घाेषणा गरिसकेको छ । सहमति हुन बाँकी पदमा सहमतिकाे प्रयास जारी रहेकाे नाउपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?