+
+

मगर समुदायले पनि टुँडिखेलमा २ दिन माघे सग्राँती मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १७:००

२७ पुस, काठमाडौं । मगर समुदायले पनि काठमाडौंको टुँडिखेलमा २ दिन माघे सग्राँती मनाउने भएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिले बुधबार पत्रकार सम्मेलन गरी पुस २९ देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर सङ्क्रान्ति २०८० को आयोजना गर्ने जानकारी दिएको हो ।

महोत्सवको उद्‌घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने नेपाल मगर संघ केन्द्रीय समितिका अध्‍यक्ष ज्ञानेन्द्र पुन मगरले बताए ।

उनका अनुसार महोत्सवमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुषवाण हान्ने, छेलाे हान्ने खेल लगायत कार्यक्रम रहनेछ । कार्यक्रममा मगर समुदायका अन्य संघसंस्थाहरुको पनि प्रतिनिधित्व रहनेछ ।

महोत्सवमा मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मागरहरुको परम्परित खेलहरु छेलो हान्ने र धनुष वाण लगायत शुभकामना आदानप्रदानको कार्यक्रम रहेको संघले जनाएको छ ।

महोत्सवमा मगर समुदायको मौलिक संस्कृति, भेषभुष, खानपिन, मौलिक खेल लगायत गतिविधि हुने आयोजकले जनाएको छ । मगर समुदायको मौलिक संस्कृति र मौलिक खेलको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको संघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?