
२९ पुस, काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
त्यस्तै प्रस्तावित बोनस सेयरमा कर प्रयोजनार्थ लाग्ने ४२ लाख २४ हजार रुपैयाँ नगद लाभांश पनि दिने निर्णय कम्पनीले गरेको छ ।
नियामक निकाय बीमा प्राधिकरणबाट सो बोनस सेयर स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पनि १० प्रतिशत नै बोनस सेयर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4