
२९ पुस, पोखरा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसलाई नम्बर एक पार्टी बनाइरहन थप मिहिनेत आवश्यक रहेको बताएका छन् ।
आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारीताका साथ पूरा गरे पार्टी सुदृढ हुने र नम्बर एक रहिरहने बताए ।
पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशील सदस्यदेखि पदमा रहेकाहरूसमेत जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
एकअर्काेलाई आक्षेप लगाएर पार्टी उँभो नलाग्ने भन्दै उनले भने, ‘कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन, सबैले राम्रो परफर्मेन्स गरे हामी नम्बर एक रहिरहन्छौं ।’
नेता सिंहले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेकाले मुद्दाहरूमा नेताहरुबाट फरक मत आउनु स्वाभाविक भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4