+
+

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १२:४३

२९ पुस, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

सुन र चाँदीको मूल्य बढेसँगै आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लााख १९ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय, तेजावी सुनको मुल्य १ लाख १८ हजार ५० र चाँदीको मूल्य १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?