
२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको छ ।
आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो ।
महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ । २५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि नेपाली कांग्रेसका जनप्रतिनिधिको विरोधको कारण रोकिएको थियो ।
महानगरपालिकाको कार्यपालिकाको निर्णय हेरफेर गरेको भन्दै गरेको कर्मचारीको विरोधमा जनप्रतिनिधि, समितिका सभापतिहरु बैठकमा अनुपस्थित हुने अनौपचारिक दबाब पछि महानगरको नगरसभा आइतबारलाई सरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4