
२९ पुस, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सबै विश्वविद्यालयमा सूचना अधिकारी तोक्न आदेश दिएको छ ।
संविधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक दिएको भन्दै आयोगले विश्वविद्यालयहरुलाई सूचनाको हक कार्यन्वयन गराउन आदेश जारी गरेको छ ।
आयोगकी प्रवक्ता कमला ओली थापाका अनुसार आइतबार बसेको आयोगको बैठकले सबै विश्वविद्यालयहरुलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा उल्लेख भए बमोजिम सूचना अधिकारी तोक्ने र मोवाइल नम्बर सार्वजनिक गर्ने आदेश दिएको छ ।
सूचना आयोगले हाल सञ्चालित त्रिभुवन, पूर्वाञ्चल, पोखरा, काठमाडौंसहित १६ वटै विश्वविद्यालयलाई सूचना अधिकारी तोक्न आदेश दिएको छ ।
आयोगले सबै विश्वविद्यालयहरुलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा उल्लेख भएबमोजिम सूचना अधिकारी तोक्ने, ३÷३ महिनामा विवरण सार्वजनिक गर्ने, सूचना माग भएको अवस्थामा तत्काल सूचना उपलब्ध गराउनेलगायतको आदेश पनि दिएको छ ।
प्रतिक्रिया 4