+

लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य

२०८० माघ  १ गते १३:२७ २०८० माघ १ गते १३:२७
लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूर पश्चिम प्रदेशलाई १५९ रनको लक्ष्य दिएको छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भएको हो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाए । उनले ६८ बलमा ४ चौका प्रहार गरेका हुन् । ओपनर विराट भण्डारीले २३ रन बनाए ।

मिर्नाल गुरुङले १४ , मोहम्मद हसन २६, दिलसाद अली १० र कृष्ण कार्कीले १२ रन बनाए ।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ३ विकेट लिए । भोजराज भट्ट र नरेन साउदले २/२ विकेट लिए । मिलन बोहराले १ विकेट लिए ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय