+

आर्मीविरुद्ध पवन सराफको अर्धशतक

२०८० माघ  १ गते १५:३१ २०८० माघ १ गते १५:३१
आर्मीविरुद्ध पवन सराफको अर्धशतक

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका पवन सराफले त्रिभुवन आर्मीविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले ६६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । चौथो नम्बरमा ब्याटिङमा आएका उनले संकटमा परेको मधेशको इनिङलाई एक छेउबाट सम्हाल्दै उकासेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेशले आर्मीसँगको खेल जित्न ३२१ रनको लक्ष्य पछ्याइरहेको छ ।

पवन सर्राफ प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय