+

कर्णालीद्वारा लुम्बिनीलाई १८५ को लक्ष्य

२०८० माघ  ३ गते १३:२२ २०८० माघ ३ गते १३:२२
कर्णालीद्वारा लुम्बिनीलाई १८५ को लक्ष्य

३ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ को विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

ओपनर रविन्द्र शाहीले ११, हिमान्शु शाहीले २५, दिपेन्द्र रावतले ४७ रन बनाए । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले ३/३ विकेट लिए । मोहम्मद हसन कृष्ण, अजय चौहानले १/१ विकेट लिए । कर्णाली प्रदेशले यसअघि २ खेलमा १ हार, १ जित व्यहोरेको छ ।  यस्तै लुम्बिनीले २ खेलमा १ जित र १ हार व्यहोरेको छ ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय