
काठमाडौं । यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको संगीत तथा एरेन्ज छ । गीतलाई विप्लव अधिकारीले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।
गीतको भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा छ । कुवेर तामाङले निर्देशन गरेको भिडियोमा सञ्जीत भण्डारी र मेग सुवेदीको अभिनय छ ।
भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एण्ड टिमको छायांकन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर संयोजन छ । सेजल एण्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एण्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गायक यम बरालले गायक विश्व नेपाली उमेरले भाइ भए पनि सिनियर र जुनियर पनि साथी हुन्छन् भन्ने सन्देश दिन सहकार्य गरेको बताए । उनले गीतको शब्दले आफूलाई तानेकाले गीतमा सहकार्य गर्न राजी भएको खुलाए । गायक विश्व नेपालीले यम बरालको गीत सुनेर हुर्किएको आफूले उहाँलाई गुरु मान्दै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
केही फिल्ममा समेत काम गरिसकेका अभिनेता सञ्जीत भण्डारीले यो गीत दर्शकका लागि फरक स्वाद हुने बताए । उनले अभिनय गरेको चलचित्र ‘चिठ्ठी’ जेठमा रिलिज हुँदैछ ।
भिडियोका मोडल मेगले गीतले आत्मीय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले गीतले आम दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए । मेगले पहिलोपटक अभिनय गरेका हुन् ।
प्रतिक्रिया 4