
४ माघ, विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले पाँचथरको फालेलुङ-१, फालेलुङ-२ र झापाको मेचीनगर नगरपालिका-५ मा ६ कित्ता जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् ।
११ तोला सुन, १५ तोला चाँदी र १ लाख रुपैयाँ बैंक मौज्दात देखाएका उनले अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको खुलाएका छन् । उनीसँग एउटा दुहुना गाई, १ हल गोरु र एउटा खसी पनि छन् ।
मन्त्री जबेगुले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको पनि उल्लेख गरेका छन् ।
यसैगरी वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले दुई वटा घडेरी, १० तोला सुन र २० तोला चाँदी रहेको विवरण पेश गरेका छन् । यसैगरी परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको मन्त्री उप्रेतीले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4