
४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्ट भारतको दोस्रो श्रेणीको क्लब सिलोङ लाजोङमा अनुबन्ध भएका छन् ।
लाजोङले बिहीबार सामाजिक सञ्जाल मार्फत एरिकलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
एरिकले गत महिना भएको नेपाल सुपर लिग (एनएसए) मा बुटबल लुम्बिनी एफसीको कप्तानी गरेका थिए । सिलोङ लाजोङ आई लिग २०२३-२४ मा हाल पाँचौं स्थानमा छ । उसको ११ खेलबाट १९ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4