+

आरसीटीले ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्दै

२०८० माघ  ६ गते १९:५७ २०८० माघ ६ गते १९:५७
आरसीटीले ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्दै

६ माघ, काठमाडौं । काठमाडौं महानगरको सहयोगमा अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल ट्रेनिङको आयोजना गर्ने भएको छ । अर्को सातादेखि सुरु हुने यस प्रशिक्षण कार्यक्रम कम्तीमा छ महिना चल्नेछ । प्रशिक्षण प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुनेछ । यसमा आठ देखि १४ वर्षसम्मका बालबालिकाले भाग लिन सक्नेछन् ।

यस प्रशिक्षकमा सय जनाको सहभागिता रहनेछ । प्रशिक्षक एनसेल फुटबल मैदान लैनचौर र बाँसबारी खेल मैदान बाँसबारी गरेर दुई स्थानमा हुनेछ । ‘हाम्रो उद्देश्य फुटबल खेलाडी उत्पादन गर्नु नै हो । कुनै पनि देशमा फुटबल विकासका लागि ग्रासरुट स्तरको प्रशिक्षणको ठूलो महत्त्व हुने सबैलाई थाहा नै छ,’ अन्नपूर्ण आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले भने ।

उनले थपे, ‘नेपाली फुटबलमा काठमाडौं उपत्यकाका खेलाडी उपस्थिति कम हुन थालेकोमा यो ट्रेनिङले त्यसको पूर्तिका लागि मद्दत गर्ने विश्वास छ । यस प्रशिक्षणले भविष्यमा नेपाली फुटबलकै लागि अब्बल दर्जाका खेलाडी उत्पादन गर्न मदत पुग्ने पनि विश्वास गरेका छौं ।’

प्रशिक्षण कार्यक्रमको नेतृत्व वरिष्ठ प्रशिक्षक विराटकृष्ण श्रेष्ठले गर्नेछन् ।

यस्तै उनको प्रशिक्षण समूहमा हरिओम श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश बैद्य, सुरेश शाही र दामोदर शिल्पकार पनि रहनेछन् । प्रशिक्षणमा सहभागी हुनेको बिमा पनि गरिने क्लबले जनाएको छ ।

आरसीटी काठमाडौं महानगरपालिका ग्रासरुट फुटबल फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय