+

यू-१९ विश्वकपमा नेपाललाई तेस्रो सफलता

२०८० माघ  ७ गते १५:०२ २०८० माघ ७ गते १५:०२
यू-१९ विश्वकपमा नेपाललाई तेस्रो सफलता

७ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन् । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।

यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे ।

उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

पावर प्ले सकिएपछि भने नेपालका दुई स्पिनरले ओपनरलाई आउट गर्दै खेलमा फर्किने सम्भावना देखाएका छन् । स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । ल्यूकले २५ बलमा २ चौका हाने ।

यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय