+

रिजनको उत्कृष्ट बलिङमा कर्णालीमाथि बागमतीको शानदार जित

२०८० माघ  ८ गते १३:११ २०८० माघ ८ गते १३:११
रिजनको उत्कृष्ट बलिङमा कर्णालीमाथि बागमतीको शानदार जित

८ माघ, काठमाडौं । बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा ७९ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । बागमतीका इशान पाण्डेले ४० रन बनाए । रविन जोशी १६ रनमा नट आउट रहे ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली रिजनको घातक बलिङमा २४.२ ओभरमा ७८ रनमा अल आउट भएको थियो ।

कर्णालीका विकेटकिपर अर्जुन घर्तीले १९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए । निश्चल रावल ४१ बलमा ३ चौकासहित १३ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर रविन्द्र शाही ३, दीपेन्द्र रावत १, विपिन शाही ६, आदित्य शाह १ र हिमान्शु शाही ६ रनमा आउट भए ।

बागमतीका रिजन ढकालले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । कृर्जन गुरुङले २, प्रतिश जि.सी, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए ।

यो बागमतीको लगातार चौथो जित हो । यो जितसँगै बागमती ६ खेलबाट ८ अंकसहित तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । कर्णालीको भने यो तेस्रो हार हो । ५ खेलमा ४ अंक बटुलेको कर्णाली सातौं स्थानमा छ ।

प्रधानमन्त्री कप क्रिकेट रिजन ढकाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय