
८ माघ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बहुउद्देश्यीय कार्यालय भवन बनाउने भएको छ । नगरपालिकाले नगर विकास कोषसँग ऋण सहयोग लिएर भवन बनाउन लागेको हो ।
नगरपालिकाले आइतबार भवन निर्माणको कुल लागत १२ करोड रुपैयाँमध्ये कोषको सहरी पूर्वाधार विकास आयोजना अन्तर्गत १० करोड रुपैयाँ ऋण सम्झौता गरेको हो । नगर प्रमुख उपेन्द्र कार्की र कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले ऋण सम्झौता गरेका छन् ।
भवनका लागि कोषबाट १० करोड ४७ लाख ९ हजार रुपैयाँ ऋण र १ करोड ६१ लाख अनुदान सम्झौता भएको हो ।
मेयर कार्कीकाअनुसार नगरपालिकामा प्रशासनिक भवनसहित आधुनिक बजार सेवा समेत उपलब्ध हुनेछ । भवन ५ नम्बर वडामा निर्माण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4