
९ माघ, काठमाडौं । तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ तोकिएको छ । आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।
गत ५ माघमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।
सोमबार चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4