+
+

देउवा भन्छन् : पार्टी बलियो भए गठबन्धन गर्नै पर्दैन नि !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १९:३१

९ माघ, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीलाई बलियो बनाए गठबन्धन गर्नै नपर्ने बताएका छन् । पोखरामा मंगलबार कास्की जिल्ला समितिको सम्मेलनलाई संबोधन गर्दै देउवाले पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन आग्रह गरेका हुन् ।

सम्मेलनमा केन्द्रीय सदस्य प्रदीप पौडेल, गुरु बराललगायतले गठबन्धनका कारण पार्टीका इमान्दार नेता कार्यकर्तालाई अन्याय भएको बताएपछि देउवाले जित्नका लागि गठबन्धन गरेको जवाफ दिएका हुन् ।

‘नेपालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । बहुमत नआउने भएपछि गठबन्धन गर्नैपर्ने हुन्छ । गठबन्धन गरेर जाँदाखेरि समस्याहरु छन्, हाम्रो पार्टीमा’, देउवाले भने, ‘गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस् न ! गठबन्धन गर्नैपर्दैन नि पार्टी बलियो भए त । तर, गर्ने के ? पार्टीले जित्नुपर्‍यो नि ।’

सत्तामा जानका लागि पनि गठबन्धन गर्नुपर्ने अवस्था रहेको देउवाको भनाइ थितयो । ‘पहिले शेरबहादुरले बिगार्‍यो, बिगार्‍यो भने पछि लिएर आएपछि चाहिँ… सत्ता सबै हिसाबले आवश्यक छ । संसारभरि नै सत्ताका लागि मारामारी छ, चुनाव भइराखेको छ’, देउवाले भने ।

कास्कीका जिल्ला सभापति किशोरदत्त बरालले राजनीतिक प्रतिवेदनमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न माग प्रस्ताव गरेका छन् । तर देउवाले भने नेपालमा समावेशी, समानुपतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।

‘समानुपातिक, समावेशी संविधान छ । भारतमा बल्ल महिलाहरुलाई संरक्षण गर्ने कुरा भइराखेको छ’, देउवाले भने, ‘पालिकाहरुमा अध्यक्ष, उपाध्यक्ष, मेयर वा उपमेयर महिला हुनै पर्ने बराबर अधिकार छ, कुनै पनि देशमा यस्तो व्यवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?