
१० माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा संस्थापक सेयरको लकइन फागुन २३ गते सकिने भएको छ । सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरमा राखिएको लकइन अवधि फागुन २३ गते सकिन लागेको जनाएको छ । लकइन सकिए पनि यसको संस्थापक सेयर साधारणमा परिवर्तन हुँदैन । संस्थापक-संस्थापकबीच मात्रै किनबेच हुनेछ ।
संस्थापकको कुल १२ करोड ९६ लाख कित्ता सेयरमा लकइन सकिन लागेको क्यापिटलले जनाएको छ । यस कम्पनीको बजारमा कुल २१ करोड ६० लाख कित्ता सेयर सूचीकृत छ ।
निफ्रामा हाल सरकारको १० प्रतिशत संस्थापक सेयर छ । विभिन्न वाणिज्य बैंकहरुको २०.८९ प्रतिशत संस्थापक सेयर, जीवन र निर्जीवन बीमा कम्पनीहअरुको १८.९७ प्रतिशत तथा अन्य संघसंस्थाहरुको १०.१४ प्रतिशत संस्थापक सेयर छ । त्यस्तै सर्वसाधारणको ४० प्रतिशत सेयर हिस्सा छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३० रुपैयाँ हाराहारीमा छ ।
प्रतिक्रिया 4