+
+

फागुन २ देखि सिंगटी हाइड्रोको हकप्रद सेयर निष्कासन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते ८:४९

११ माघ, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको बिक्री प्रवन्धक कुमारी क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

गत पुस २१ गतेसम्म कायम रहेका सेयर लगानीकर्ताले यस कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । फागुन २२ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३६ रुपैयँ छ ।

१ करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गरी कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्न लागेको छ । यस कम्पनीले हाल दोलखा जिल्लामा २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत् आयोजना सञ्चालन गरेको छ ।

हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले अर्विट इनर्जीमा संस्थापक सेयरका रुपमा लगानी गर्ने जनाएको छ । कम्पनीका अनुसार अर्पिटले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा रहेको सभाखोला सीबाट ४.१९ मेगावाट र सभाखोला ईबाट १५.१ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?