+
+

सानिमा जीआईसी इन्स्योरेन्स र विन नेपाल लघुवित्तले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १०:२१

११ माघ, काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावविना वित्तीय प्रतिवेदनहरु स्वीकृतिका लागि बीमा प्राधिकरण पठाउने निर्णय गरेको हो ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाले पनि यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावविना नै वित्तीय विवरणहरु वार्षिक साधारणसभामा प्रस्तुत गर्न राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?