+

गण्डकीविरुद्ध अनिल साहको शतक

२०८० माघ  ११ गते ११:१३ २०८० माघ ११ गते ११:१३
गण्डकीविरुद्ध अनिल साहको शतक

११ माघ, काठमाडौं । मधेश प्रदेशका विकेटकिपर अनिलकुमार साहले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकीविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन् ।

स्पिनर सन्दीप पराजुलीलाई ३१औं ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै शतक पूरा गरेका हुन् । अनिल १०४ बलमा ११ चौका र ३ छक्कासहित १ सय रनमा खेलेका छन् । उनलाई पवन सरार्फले ३२ रनमा साथ दिएका छन् ।

उनको यो राष्ट्रिय स्तरको पहिलो शतक हो । सन् २०१८ मा नेपालको टोलीमा डेब्यू गरेका अनिल २०२२ पछि नेपालको टोलीमा छैनन् । यो शतकले टोलीमा फर्किन उनलाई धेरै राहत मिल्नेछ । उनले नेपालको लागि ४ ओडीआई खेल खेलिसकेका छन् ।

नेपाल एपीएफ क्लबबाट २०१८ मा खेलेका थिए । त्यसपछि उनले २०२१ सम्म पुलिसबाट खेले । पुलिस छाडेर मधेश फर्किएका थिए । पुलिसमा पर्याप्त खेल्ने मौका नपाएपछि मधेश फर्किने मौका पाएका थिए । मधेशबाट भने सानदार प्रदर्शन गरेका छन्  ।

उनी पीएमकपमा मधेशबाट शतक हान्ने दोस्रो खेलाडी हुन् । यसअघि यसै प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध मयन यादवले शतक हानेका थिए । २०१७ को पीएमकपमा तत्कालीन मध्यमाञ्चलबाट हासिम अन्सारीले पनि शतक हानेका थिए । तर, राज्य संरचनामा गएपछि यसअघिको संस्करणमा मधेशबाट शतक थिएन ।

टी-युमा सुदूरपश्चिमविरुद्ध ६९ रन बनाएपनि शतक बनाउने अवसर गुमाएका थिए । टी-यु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले ३१ ओभरमा २ विकेट गुमाउँदै १६७ रन बनाएको छ ।

अनिल साह प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय