
११ माघ, काठमाडौं । नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशत हाराहारी रहेको पाइएको छ ।
त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागले गरेको नेपालमा अनौपचारिक अर्थतन्त्रको आकारबारेको अध्ययनले यस्तो देखाएको हो ।
अध्ययन अनुसार पछिल्लो १० वर्षको औसत तथ्यांक अनुसार ४२.६६ प्रतिशत अर्थतन्त्र अनौपचारिक रहेको देखिएको छ ।
यसलाई राष्ट्रिय लेखा दृष्टिकोणबाट अध्ययन गर्दा यस्तो नतिजा आएको विभागका प्रमुख प्राडा शिवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै अनौपचारिक अर्थतन्त्र रियल इस्टेटमा देखिएको छ ।
कृषि, वन र फिसिङमा समेत धेरै गतिविधि अनौपचारिक रहेको अध्ययनले देखायको छ । आथित्य सेवामा समेत ठूलो हिस्सा अनौपचारिक रहेको अध्ययनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4