+
+

ह्याम्स अस्पतालमा नि:सन्तान दम्पतीलाई एकदिने नि:शुल्क परामर्श सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १६:५०

काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालले निःसन्तान दम्पतीका लागि निःशुल्क परामर्श सेवा दिने भएको छ ।

आगामी शनिबार अस्पतालको आईभीएफ केन्द्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नि:शुल्क परामर्श सेवा प्रदान गरिने अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले जानकारी दिए । ‘सन्तान उत्पादनका उपचार पद्धतिले निःसन्तान दम्पतीको पीडालाई कम गरिरहेको सन्दर्भमा उचित परामर्शले दम्पतीमा आशा जगाउने विश्वास लिएका छौं,’ उनले भने ।

उक्त दिन निःशुल्क परामर्श सेवाका साथै अस्पतालको प्रयोगशाला परीक्षणमा २० प्रतिशत तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?