+
+

उर्लाबारीमा हिउँचितुवा भेटिनु अस्वाभाविक : वन्यजन्तु संरक्षण विभाग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १६:४१

१२ माघ, काठमाडौं । मोरङको उर्लाबारी क्षेत्रमा हिउँचितुवा भेटिनु अस्वाभाविक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

बुधबार उर्लाबारी–१ चारघरे भक्न्ने ठाउँमा वयस्क भाले हिउँचितुवा भेटिएको थियो । बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिउँचितुवालाई उद्धार गरेर अहिले सदर चिडियाखाना, जावलाखेल ल्याइएको छ ।

पूर्व कञ्चनजंघादेखि पश्चिम अवि नम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा हिउँचितुवा पाइन्छ । नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाइमा रहेका १२ संरक्षित क्षेत्र तथा आसपासका स्थान हिउँचितुवाका सम्भावित वासस्थान हुन् ।

विभागका अनुसार नेपालमा २०१ देखि ४०० सम्म हिउँचितुवा रहेको अनुमान छ । उर्लाबारीमा भेटिएको हिउँचितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज देखिएको छ, तर बाहिर कुनै चोट छैन ।

‘पाटे बाघको वासस्थानको उचाइमा हिउँचितुवा देखिनु अस्वाभाविक र अनुसन्धानको विषय बनेको छ’ विभागका सूचना अधिकारी श्यामकुमार साहले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?