+

ढोरपाटन महिला भलिबलमा पुलिस, एपीएफ र न्यु डायमण्डको विजयी सुरुवात

२०८० माघ  १२ गते १८:३९ २०८० माघ १२ गते १८:३९
ढोरपाटन महिला भलिबलमा पुलिस, एपीएफ र न्यु डायमण्डको विजयी सुरुवात

१२ माघ, काठमाडौं । १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो दिन नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र न्यु डायमण्डले विजयी सुरुवात गरेका छन् ।

शुक्रबार गोंगबु बसपार्क नजिक रहेको कोर्टमा पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१०, २५–१२ र २५–४ ले विजयी भएको थियो ।

दिनको दोस्रो खेलमा एपीएफले बागमती प्रदेशलाई ३–० को सोझो सेटमै हरायो । एपीएफ २५–४, २५–५ र २५– २ ले विजयी भएको थियो ।

दिनको अन्तिम तथा तेस्रो खेल आर्मी र न्यु डायमण्डबीच निकै रोमाञ्चक रह्यो । डायमण्डले आर्मीलाई ३–२ को सेटमा हरायो । न्यू डायमण्डले १८–२५, २५–२३,२८–२६, १५–१८ र १५–११ ले आर्मीलाई हरायो ।

लिगमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका यू डायमण्ड टिम, जावलाखेल भलिबल ट्रेनिङ क्लब, बागमती प्रदेश, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट छन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्नेछ । दोस्रो टोलीले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार पाउनेछन् । चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार पाउनेछन् ।

ढोरपाटन भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय