+
+

संयुक्त राष्ट्रसंघको संस्थामाथि इजरायल आक्रमणमा संलग्न भएको आरोप, बेलायतले रोक्यो फण्डिङ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ९:२४

१४ माघ, काठमाडौं । बेलायतले मध्यपूर्वका प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको राहत संस्था (यूएनआरडब्ल्यूए) को फण्डिङ रोक्ने घोषणा गरेको छ ।

गत ७ अक्टुबरमा इजरायलमाथि हमास लडाकुहरुले गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारी पजि संलग्न रहेको आरोप लागेपछि बेलायतले फण्डिङ रोक्ने घोषणा गरेको हो ।

इजरायलले आफ्नो भूमिमा भएको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारीहरु पनि संलग्न भएको आरोप लगाएको थियो ।
बेलायतले इजरायलले लगाएको आरोपबाट स्तब्ध भएको जनाएको छ । साथै उसले उक्त आरोप माथि अनुसन्धान गर्न निर्देशन समेत भनेको छ ।

अमेरिका, अष्ट्रेलिया, इटली र क्यानडाले संयुक्त राष्ट्रसंघको यूएनआरडब्ल्यूएलाई दिने फण्डिङ रोक्ने घोषणा यसअघि नै गरिसकेका थिए ।

गत ७ अक्टुबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायली भूमिमा घुसेर आक्रमण गर्दा १० नेपालीसहित १ हजार ४ सय जनाको ज्यान गएको थियो । लगत्तै इजरायलले हमासलाई निमिट्यान्न पार्ने घोषणा गर्दै गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । युद्ध घोषणा गर्दै इजरायलले सुरु गरेको सैन्य कारबाही अहिले पनि जारी छ ।

इजरायलले गाजा क्षेत्रमा हमला सुरु गरेपछि विस्थापित भएका लाखौं नागरिकलाई यूएनआरडब्ल्यूएले सहायता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?