
१४ माघ, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-४ मा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखा र कीर्तिपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने १ सय १३ जना महिला थिए भने २३ जनाले रक्तदान गरेका थिए ।
रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखा अध्यक्ष मुरारी विष्टका अनुसार कीर्तिपुर–४ मा सञ्चालित एक दिने कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा कीर्तिपुर अस्पतालका डाक्टर, विष्णुदेवी अस्पताल, चम्पादेवी हेल्थपोस्ट, बाहिरीगाउँ हेल्थपोस्टबाट खटी आएका नर्स तथा कर्मचारी, स्वास्थ्य शाखा लगायतले सहयोग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4