+
+

‘छाता विद्रोह’बारेको अमेजन सिरिज ‘एक्सप्याट्स’लाई हङकङले लगायो रोक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:२८

‘एक्सप्याट्स’ हङकङमा बसोबास गर्ने विदेशीको कथावस्तुमा आधारित सिरिज हो । सबैतिर प्रदर्शन भइसकेपनि हङकङ आफ्नै कथामा आधारित फिल्म देखाउन तयार छैन ।

निकोल किड्म्यान अभिनित अमेजन प्राइम श्रृंखला ‘एक्सप्याट्स’ हङकङमा बसोबास गर्ने तीन अमेरिकी महिलाको कथामा आधारित छ ।

यो शोले सन् २०१४ मा सहरभरि फैलिएको बहुचर्चित ‘अम्ब्रेला मुभमेन्ट’को दृश्य पनि प्रस्तुत गर्छ । त्यो वर्ष स्वतन्त्र चुनावको आह्वान गर्दै हङकङभर व्यापक प्रदर्शनहरु भएका थिए ।

बेइजिङले विवादास्पद नयाँ कानुन लागू गर्दै प्रदर्शनमा तीव्र दमन गरेपछि प्रदर्शनहरु त्यहाँबाट यतिबेला गायबजस्तै छन् । यो शो नदेखाउने निर्णय हङकङका अधिकारीले गरेका हुन् कि अमेजन प्राइम भिडियोले गरेको हो भन्ने बारे स्वतन्त्र पुष्टि भइसकेको छैन ।

शोलाई लिएर भएको उक्त विवाद पहिलोपटक भने होइन । सन् २०२१ मा ‘एक्सप्याट्स’ छायांकनका लागि किडम्यान हङकङमा पुगिन्, त्यतिबेला अष्ट्रेलियाली स्टारले कोभिड-१९ नियमलाई उल्लंघन गरेको आरोप लगाइएको थियो ।

विदेशबाट आएपछि क्वारेन्टिनमा बस्नुपर्ने नियम विपरीत अभिनेत्री किडम्यानले सर्वसाधारणलाई भौतिकरुपमै छोएपछि स्थानीय क्रोधित बनेका थिए । यसको जवाफमा स्थानीय अधिकारीले तोकिएको व्यावसायिक काम गर्न किडम्यानलाई अनुमति दिएको बताएका थिए ।

जेनिस वाईके लीको सर्वाधिक बिक्री हुने उपन्यास द एक्सपाट्रिएट्समा आधारित र लुलु वाङद्वारा निर्देशित ६ भागको श्रृंखलाले शुक्रबार यसको पहिलो दुई एपिसोड सार्वजनिक गरेको थियो ।

यो सिरिजले पारिवारिक त्रासदीपछि कसरी तीन अमेरिकी महिला एकठाउँमा आउँछन् भन्ने कथा देखाउँछ । अम्ब्रेला मुभमेन्टका दृश्य पनि त्यहाँ देखाइएको छ । साथै, ‘म विश्व्यापी मताधिकार प्राप्त गर्न चाहन्छु’ भनेर भनिएका फुटेज पनि उक्त शोमा समावेश गरिएको छ । प्रदर्शनकारीले छाता लिएर प्रदर्शन गरेका दृश्य पनि समावेश छन् ।

विश्व्यापीरुपमा उपलब्ध भएपनि अमेजनको वेबसाइटमार्फत दर्शकले उक्त एपिसोड हेर्न सकिरहेका छैनन् । सन् १९९७ सम्म हङकङ बेलायतको उपनिवेश थियो । पछि चीनलाई फिर्ता गरियो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?