+

अमेरिकामा गठन भयो पर्वतीय खेलकुद संघ

२०८० माघ  १६ गते ११:४८ २०८० माघ १६ गते ११:४८
अमेरिकामा गठन भयो पर्वतीय खेलकुद संघ

१६ माघ, काठमाडौं । साहसिक पर्वतीय खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतीय खेलकुद संघ अल्पाइन स्पोर्टस एशोसिएसन, नर्थ अमेरिका नेपाल गठन भएको छ ।

अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा अमेरिकाको न्युयोर्क राज्यमा उक्त संस्था गठन भएको छ । सो संस्थाले पर्वतीय खेलकुदमा नेपालीमूलका अमेरिकनलाई ओलम्पिकसम्म पुर्‍याउने लक्ष्य राखेको छ ।

संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा छेवाङ शेर्पा, महासचिवमा पर्वतीय खेलकुद क्षेत्रका वरिष्ठ संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमा टी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शर्पा छन् ।

त्यसैगरी, सदस्यमा विश्व कीर्तिमानी आरोही छुरीम शेर्पा, सगरमाथा आरोही तासी शेर्पा सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका फूड गुरु सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी  शेर्पा, सगरमाथा आरोही उषा विष्ट, सगरमाथा आरोही अन्तराष्ट्रिय माउण्टेन गाइड नीमा तासी शेर्पा, एथलेटिक्स खेलाडी सोनाम शेर्पा र होटल व्यवसायी विक्रम अधिकारी र सगरमाथा आरोही पासाङ दावा शेर्पा छन् ।

संस्थाको संरक्षकमा न्यूयोर्कका व्यवसायी तथा समाजसेवी गेल्जेन नुरु शेर्पा छन् भने शेर्पा केदुगका अध्यक्ष तथा समाजसेवी तेम्बा शेर्पा, होटल व्यवसायी रोशन बालान, कोलाराडोका सफल व्यवसायी तथा समाजसेवी पाइलट पेम्बा छिरिङ शेर्पा र मिचिगन निवासी विश्व कीर्तिमानी आरोही पेमदोर्जी शेर्पा प्रमुख सल्लाहकार छन् ।

पर्वतीय खेललाई विस्तार गर्ने उदेश्यले स्थापना भएको संस्थालाई नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय, सगरमाथा आरोही संघ, नेपाल क्लाम्बिङ स्पोर्टस एशोसिएसन लगायताका सम्बन्धित संघले सहकार्य र समर्थनको प्रतिबद्धता जनाएका छन् ।

स्की, वाल क्लाइम्बिङ, माउण्टेन बाइक, प्याराग्लाइडिड, रक क्लाइमिडलगायत पर्वतीय खेलकुद गतिविधिहरुमा भाग लिने दिने तथा राष्टिय अन्तराष्ट्रिय खेलाडीलाई सहभागिताको लागि प्रोत्साहन गर्ने उद्देश्य सो संस्थाले राखेको छ ।

पर्वतीय खेलकुद संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय