+
+

सिरहाका एसपी र सीडीओ जिम्मेवारीबाट हटाइए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १३:०२

१६ माघ, काठमाडौं । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ ।

मन्त्रालयकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेत जिम्मेवारीबाट हटाइएका छन् ।

गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे बताएको छैन । एसपी लिम्बु प्रहरी सेवाको अन्तिम अवधितिर छन् ।

गृहमन्त्रीको सचिवालयका एक अधिकारीले अवकाशको एक वर्ष अवधि बाँकी रहेका बेला इञ्चार्ज नदिने नीति अनुसार उनलाई फिर्ता बोलाइएको बताए । उनले भने, ‘उहाँको ६/७ महिना पनि त्यहाँ पूरा भइसकेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?