+
+

थप ३ महिना भुसाललाई नै त्रिवि उपकुलपतिको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १७:५३

१६ माघ, काठमाडौं ।  सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाल पुनः नियुक्त गरेको छ । भुसालको पहिलो तीन महिनाको कार्यकाल मंगलबार (आज) सकिन अघि उनलाई सरकारले पुन नियुक्ति गरेको हो ।

१६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन रेक्टर प्रा.डा.शिवलाल भुसाल लाई तीन महिनाका लागि उपकुलपति नियुक्त गरेको थियो ।

सरकारले भुसाल लाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ । नयाँ उपकुलपति नियुक्त भइनसकेकोले उनलाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको हो ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको छ ।

समितिले २३ पुसमा उपकुलपतिको लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । उनीहरुको छनौट प्रकृया शुरु भएको मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?