
१६ माघ, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकको परिवारका सदस्यलाई बेलायत लगिदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले सूर्य नेम्वाङलाई पक्राउ गरेको छ ।
पीडितले दिएको जाहेरीका आधारमा पाँचथरका नेम्वाङलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।
प्रहरीका अनुसार, नेम्वाङले भूपू गोर्खा सैनिकका परिवारलाई आवासीय भिसा मिलाइदिने भन्दै प्रति व्इक्ति २ लाख २८ हजार रुपैयाँका दरले संकलन गरेको भन्दै उजुरी परेको छ ।
भनेअनुसारको काम नभएपछि पीडितले पैसा फिर्ता माग्न थालेका थिए । तर, उनले उल्टै धम्क्याउने गरेको पीडितको भनाइ छ । नेम्वाङ समेत बेलायत बस्दै आएका थिए । तर, नेपाल आएको बेला पक्राउ परेका हुन् ।
प्रहरीले ठगी सम्बन्धी कसूरमा हिरासतमा राखेर छानबिन गर्न जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4