+
+

यस्तो बन्यो भद्रकालीमा काठमाडौं प्रहरीको अत्याधुनिक भवन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ७:००

१७ माघ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको अत्याधुनिक भवन लगभग तयार भएको छ ।

दुई महिनाभित्र प्राविधिकले प्रहरीलाई भवन हस्तान्तरण गर्ने तयारी गरेको प्रहरीका प्राविधिक एसएसपी रामकुमार चौधरीले अनलाइनखबरलाई बताए ।

सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासतसहितको संरचना निर्माण सकिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् ।

‘अब फर्निसिङको काम बाँकी छ, दुई महिनाभित्र सकिन्छ भनेका छन्’, एसएसपी खत्रीले भने, ‘हिरासत कक्षमा मात्र ७ सय बढी अटाउने खालको छ ।’

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । लामो प्रयोगपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो ।

त्यसमा झण्डै एक अर्ब २० करोड रुपैयाँ खर्चेर भवन निर्माण भएको हो । उपत्यका अपराध कार्यालयको भवन भने टेकुमा नै बनिरहेको छ ।

हेर्नुस् तस्वीर र भिडियो  :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?