
१७ माघ, काठमाडौं । कामना सेवा विकास बैंकको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । बुधबारदेखि माघ २३ गतेसम्म इच्छुक विद्यमान संस्थापक, योग्य व्यक्ति तथा संघसंस्थाहरुले सेयर खरिदका लागि प्रभु क्यापिटल कमलादीमा आवेदन दिन सक्नेछन् ।
सार्वजनिक सूचना जारी गर्दै क्यापिटलले न्यूनतम २ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्ने जनाएको छ । प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ मूल्य तोकेर आवेदन दिनुपर्नेछ । उच्च मूल्य दिएका आधारमा बोलकबोल विधिबाट सेयर बाँडफाँट हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4