+

बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमायो

२०८० माघ  १७ गते १४:१८ २०८० माघ १७ गते १४:१८
बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमायो

१७ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालका बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका छन् । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट क्याच आउट भएका हुन् ।

कभर सट खेल्ने धुनमा एज लागेर उनी क्याच आउट भएका थिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २० रन बनाएको छ ।

नेपालका ओपनर अर्जुन कुमाल १२ बलमा २ चौकासहित १० र आकाश त्रिपाठी शून्यमा क्रिजमा छन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ । पछिल्लो खेलमा अफगानिस्तानबाट नेपालले तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेञ्चमा राखेको छ ।

नेपाल भर्सेस बंगलादेश यू-१९ विश्वकप विपिन रावल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय