१८ माघ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।
मन्त्राले बुधबार सिंहदरबारस्थित आफ्नै कार्यलयमा कार्यक्रम आयोजना गर्दै १९औं एसियाडका रजत विजेता कराते खेलाडी एरिका गुरुङ र कांस्य विजेता महिला कबड्डी टिमकी कप्तान मेनुका राजवंशीसहित ९ जनालाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीमा मेनुकाकुमारी राजवंशी (कबड्डी), नविता श्रेष्ठ (टेबलटेनिस), शिवसुन्दर गोथे (टेबलटेनिस), एरिका गुरुङ (कराँते), शुभश्री श्रेष्ठ (टेबलटेनिस) र पलेशा गोवर्धन (पारा तेक्वान्दो) छन् । प्रशिक्षकमा पार्वती राई (कबड्डी), निर्णायकमा तेजेन्द्रसिंह महरा (टेबलटेनिस) र फिजियो थेरापिस्ट आविस्कार पुडासैनै (फुटबल) रहेका छन् । सम्मानित सबैलाई जनही एक लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतिक्रिया 4