
१९ माघ, काठमाडौं । राष्ट्रिय सभाको आगामी हिउँदे अधिबेशनका लागि २०८० माघ र फागुन महिनाको संभावित कार्यतालिका स्वीकृत भएको छ ।
आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले महिनाको संभावित कार्यतालिका स्वीकृत गरेको हो ।
बैठकले संसदको अधिबेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्व जानकारी गराएमा कार्यतालिका बनाउन सहज हुने निष्कर्ष पनि निकालेको छ ।
संसदको आउने अधिबेशनमा सरकारले कतिवटा, के कस्ता बिद्येयक दर्ता गराउने हो सो बिषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।
राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विद्येयक फिर्ता लिने वा अगाडी बढाउने हो भन्ने बिषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4