
२० माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए । उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।
‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ नेता घर्तीले जानकारी दिए ।
हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4