+
+

लक्ष्मी लघुवित्तको निष्क्रिय कर्जा बढ्यो, वितरणयोग्य नाफा १ करोड ४७ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते ९:३२

२१ माघ, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ९.६३ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तसम्म निष्क्रिय कर्जा ५.७२ प्रतिशत थियो । समयमै साँवा तथा ब्याज रकम उठाउन नसक्दा कम्पनीको निष्क्रिय कर्जा उच्च दरमा बढेको हो ।

चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीले २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा २ करोड ४० लाख रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीको कुल ब्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ करोड १० लाख रहेकोमा अहिले ४५ करोड ९८ लाखमा झरेको छ भने खुद ब्याज आम्दानी २० करोड ३३ लाखबाट १७ करोड ८९ लाखमा झरेको छ ।

कम्पनीले नोक्सानीको जोखिम (लोन लस प्रोभिजन)का लागि २ करोड ५३ लाख छुट्याएको छ । गत वर्षको पुस मसान्तसम्म ८ करोड १७ लाख रहेको लोन लस प्रोभिजन घट्दा यो दोस्रो त्रैमासको नाफामा टेवा पुगेको हो । कम्पनीले गरेको लोन लस प्रोभिजन निष्क्रिय कर्जाको ६८ प्रतिशत हो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा १ करोड ४७ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ ५० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?