+

साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

२०८० माघ  २१ गते ११:४२ २०८० माघ २१ गते ११:४२
साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

२१ माघ, काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ ।

खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नैपर्ने अवस्थामा छ ।

चार टोली सहभागि च्याम्पियनसिपको पहिलो खेलमै नेपाल आयोजक टोली बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

सिंगल राउण्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिगपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । त्यसैले शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।

भुटान भने पहिलो खेलमा भारतसँग १०-० को फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपालले अहिलेसम्म च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । अहिलेसमम् भएको पाँच संस्करणमध्ये बंगलादेशले ३ तथा भारतले २ पटक उपाधि जितेको छ ।

नेपाली फुटबल साफ यू-१९ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय