
काठमाडौं । अभिनेता तथा गायक कोसिस क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका छन् । हेटौंडा स्थायी घर भएका उनले माघ १७ गते लगनगाँठो कसेका हुन् ।
एक वर्ष पहिले यो जोडीले इन्गेजमेन्ट गरेको थियो । परिवार र आफन्तको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् । उनीहरु आठ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
सन्ध्याले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छन् । गायन हुँदै अभिनयमा प्रवेश गरेका कोसिसले ‘मोक्ष’ फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए । यस वर्ष उनी अभिनित ‘ऐंचोपैचो’ र ‘परस्त्री’ फिल्म रिलिज भए । चाँडै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को जीवनीमा आधारित फिल्ममा पनि उनले अभिनय गर्ने चर्चा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4