+

विलियम्सन र रवीन्द्रको शतकमा न्युजिल्यान्डको सानदार सुरुवात

२०८० माघ  २१ गते १३:५९ २०८० माघ २१ गते १३:५९
विलियम्सन र रवीन्द्रको शतकमा न्युजिल्यान्डको सानदार सुरुवात

२१ माघ, काठमाडौं । केन विलियम्सन र रचिन रवीन्द्रको शतकमा घरेलु टोली न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङमा सानदार ब्याटिङ सुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पहिलो दिन ८६ ओभरमा २ विकेट गुमाउँदै २५८ रन बनाएको छ । केन विलियम्सन २५९ बलमा १५ चौकासहित ११२ रनमा क्रिजमा छन् । उनको टेस्ट करिअरको ३०औं शतक हो ।

रचिन रवीन्द्र २११ बलमा १३ चौका र १ छक्कासहित ११८ रनमा क्रिजमा छन् । रचिनको टेस्ट करिअरको यो पहिलो शतक हो । तेस्रो विकेटका लागि रचिन र विलियम्सनले २१९ रनको दोहोरो शतकीय साझेदारी गरेका छन् । टम लाथम २० र डेभन कन्वे १ रनमा आउट भएका थिए । यी दुई देशबीच २ खेलको टेस्ट सिरिज हुनेछ ।

टेस्ट क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय