+
+

दुई जना एमिकस क्यूरीको नाम सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १५:१९

२२ माघ, काठमाडौं । नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले नेपाल भारत दीर्घकालिन उर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि दुई जना एमिकस क्यूरी (अदालतको सहयोगी) पठाएका छन् ।

नेपाल बार एसोसिएसनले केदार कार्की र सर्वोच्च अदालत बार एसोसिएसनले सेमन्त दाहाललाई एमिकस क्यूरीको रुपमा पठाएको हो । उनीहरुले सुनुवाईका दिन व्यापार सम्झौताको संवैधानिक अवस्थाका वारेमा आफ्नो राय दिनेछन् ।

सम्झौता नेपालको हित प्रतिकुल रहेको दावीसहित अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

१६ माघमा न्यायाधीश नहकुल सुवेदीको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश छलफलका लागि झिकाउनुका साथै एमिकस क्यूरी पठाउन नेपाल बार र सर्वोच्च बारको नाममा आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?