+
+

डीआईजी अर्जुन चन्दको राजीनामा प्रहरी हेडक्वार्टरले फर्काइदियो, १० दिन बिदा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १६:१८

२२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ ।

मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकलो फिर्ता गरिदिएको एक उच्च प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए । गएको शनिबार उनले राजीनामा दिएको विषय सार्वजनिक भएको थियो ।

‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।

छलफलमा सहभागी एक अधिकृतका अनुसार, २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए । डीआईजी चन्द कुँवरकै ब्याचमेट हुन् ।

लामो छलफलपछि मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएका थिए । त्यसपछि उनलाई महानिरीक्षक कुँवरले बरु केही दिन बिदा बस्न भनेको स्रोतले अनलाइनखबरलाई बतायो । ‘उहाँलाई १० दिन बिदा बसेर आउन भनिएको छ’, स्रोतले अनलाइनखबरसँग भन्यो ।

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए । त्यसअघि पनि उनले डीआईजीहरुको सरुवामा प्रदेशको नेतृत्व खोजेका थिए । तर, पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?