+

वाफ महिला फुटबलमा प्यालेस्टाइन, इराक र सिरियाको समूहमा नेपाल

२०८० माघ  २२ गते १९:०६ २०८० माघ २२ गते १९:०६
वाफ महिला फुटबलमा प्यालेस्टाइन, इराक र सिरियाको समूहमा नेपाल

२२ माघ, काठमाडौं । फेब्रुअरी १९ देखि साउदी अरेबियामा सुरु हुने वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल प्यालेस्टाइन इराक र सिरिया एकै समूहमा परेका छन् ।

वेष्ट एसियन फुटबल एसोसिएसनले सोमबार समूह विभाजन सार्वजनिक गरेको हो । जसमा आयोजक साउदी अरेबियासहित ५ पटकको च्याम्पियन जोर्डन, लेबानोन र ग्वाम समूह ए मा छन् ।

नेपालको समूहमा रहेको प्यानलेस्टाइन २०१२ मा उपविजेता बनेको थियो भने सिरिया दुई पटक तेस्रो भएको थियो ।

नेपाल र ग्वामले भने पहिलो पटक वाफ महिला च्याम्पियनसिप खेल्न लागेका हुन् ।

प्रतियोगिताको यो आठौं संस्करण हो । यसअघि २०२२ मा भएको प्रतियोगिता जोर्डनले जितेको थियो ।

वाफ च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले तयारी सुरु गरिसकेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले वाफ च्याम्पियनसिपका लागि राजेन्द्र तामाङलाई मुख्य प्रशिक्षक नियुक्त गरेर तयारी थालेको हो । हालम हिला टिमको प्रशिक्षणमा ३१ खेलाडी छन् ।

नेपाली महिला फुटबल वाफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय