
२३ माघ, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १८ हजार रुपैयाँमा झरेको छ ।
महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
विगत ३ दिनमा सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ । आइतबार ६ सय, सोमबार ४ सय र मंगलबार ५ सय रुपैयाँ मूल्य घटेको हो ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर छ । सोमबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही दरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4