+
+

वेस्टइन्डिजमाथि अष्ट्रेलियाको क्लिनस्वीप

एजेन्सी एजेन्सी
२०८० माघ २३ गते १३:०९

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले तेस्रो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराउँदै सिरिजा क्लिनस्वीप गरेको छ । जितको लागि पाएको ८७ रनको लक्ष्य अष्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा ओपनर ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ५ चौका र ३ छक्कासहित ४१ रनको आक्रामक इनिङ खेले । जोश इंग्लिस १६ बलमा ४ चौका र १ छक्कासहित ३५ रनमा नट आउट रहे । वेस्टइन्डिजका अल्जारी जोशेफ र ओशान थोमसले १-१ विकेट लिए ।

त्यसअघि क्यानबेरामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज २४.१ ओभरमा ८६ रनमा अल आउट भएको थियो । ओपनर एलिक एथानाजेले ६० बलमा २ चौकासहित सर्वाधिक ३२ रन बनाए । केसी कार्टी १० र रोश्टन चेश १२ रनमा आउट भए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका जेभियर ब्रार्टलेटले ७.१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । लान्सी मोरिस र एडम जाम्पाले २–२ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ८ विकेट र दोस्रो खेलमा ८३ रनले विजयी भएको थियो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?