+

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सागरले प्रतिस्पर्धा गर्ने

२०८० माघ  २४ गते १०:०३ २०८० माघ २४ गते १०:०३
एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सागरले प्रतिस्पर्धा गर्ने

२३ माघ, काठमाडौं । उज्वेकिस्तानमा भइरहेको एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट सागर भण्डारीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्नेछन् ।

फेब्रुअरी  ३ तारिखदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल भने फेब्रुअरी १० तारिखमा हुनेछ ।

सागरले चीनमा भएको १९औं एसियाडमा  नेपाली भारोत्तोलन इतिहासमै सर्वाधिक ३०३ केजी भार बहन गर्ने कीर्तिमान बनाएका थिए ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा नेपाल भारोत्तोलन संघका सदस्य रामसुन्दर श्रेष्ठ  छन् ।

टोलीलाई पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार सातदोबाटोस्थित एनओसी मुख्यालयमा एक कार्यक्रमबीच बिदाइ गरे ।

भारोत्तोलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय